राष्ट्रपति बाइडेन दोस्रो कार्यकालकालको लागि चुनावको तयारीमा
एजेन्सीः अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन्।
राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान सुरु गर्नका लागि एउटा भिडियो जारी गर्ने योजनालाई अन्तिम रूप दिइरहेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ। द वाशिङ्गटन पोस्टका अनुसार राष्ट्रपति बाइडेन र उनका सहयोगीहरूले मंगलबार बाइडेनको सन् २०२० अभियान सुरूवातको चार बर्षे वार्षिकोत्सवको अवसरमा भिडियो जारी गर्ने निर्णय गरेका छन्।
राष्ट्रपति बाइडेनले महिनौंदेखि आफू दोस्रो कार्यकालको लागि उम्मेदवार हुने योजनाको संकेत गरेका छन् तर आधिकारिक घोषणा भने गरेका छैनन्।
प्रतिकृया दिनुहोस